डेस्टिनेशनको अध्यक्षमा सन्तोष

पाेखरा | चैत ९, २०७९

डेस्टिनेशनको अध्यक्षमा सन्तोष

पोखरा: लायन्स क्लव डिस्ट्रिक्ट  ३२५ एम अन्तर्गतको लायन्स क्लव अफ पोखरा डेस्टिनेशनको लायन वर्ष २०२३र२०२४ को लागि नया नेतृत्व चयन कार्यक्रम सम्पन्न भएको छ ।


लायन्स क्लव डिस्ट्रिक्ट  ३२५ एमका गभर्नर एमजेएफ लायन महेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको निर्वाचन कार्यक्रम क्लवका अध्यक्ष राजेन्द्र शर्माको अध्यक्षतामा पोखरामा सम्पनं भएको हो ।


क्लवले आगामी लायन बर्ष २०२३र२०२४ को लागि सन्तोष शर्माको अध्यक्षतामा समिति चयन गरेको छ ्र क्लवको प्रथम उपाध्यक्षमा खेमराज तिमिल्सिना ,द्वितीय उपाध्यक्षमा राजु पौडेल ,तृतीय उपाध्यक्षमा अशोक सुनार ,सचिवमा छबी पनेरु ,सहसचिवमा शिव केसी ,कोषाध्यक्षमा डा.सरोज पोखरेल ,सहकोषाध्यक्षमा दिपक सुबेदी, क्लवको शिक्षा संयोजकमा सोमनाथ भण्डारी ,सेवा कार्यको सयोजकमा विभिषण तिमिल्सिनालाई लाई चयन गरेको छ  ।


कार्यक्रममा लायन्स क्लव डिस्ट्रिक्ट  ३२५ एम का गभर्नर एमजेएफ लायन महेन्द्र पौडेलले आगामी बर्षको लागी चयन भएको नेतृत्वलाई बधाई ब्यक्त गर्दै आफुलाई सेवाको कार्यमा अग्रसर बनाइराख्न निर्देशन दिएका थिए ्र लायन्स क्लव अफ पोखरा डेस्टिनेशनले बिगत पाच वर्ष देखि संचालन गर्दै आएको वृक्षारोपण कार्यक्रम अन्तर्गतका ८०० बिरुवा समर्क्षण समेत गर्दै आएको कुरा अन्य क्लवहरुका लागी बिरुवा सार्ने मात्र नभई संरक्षण समेत जरुरी हुने सिकाइ भएको बताएका थिए ।


कार्यक्रममा लायन्स क्लव डिस्ट्रिक्ट  ३२५ एमका द्वितीय डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्याल ,डिस्ट्रिक्ट चिफ एड्भाइजर धनीराम बराल ,डिपार्टमेन्ट चिफ पुषा आचार्य ,क्लवका पुर्व अध्यक्ष ।डा।सरास्वती शर्मा , लक्ष्मण तिमिल्सिना ,डा अमर नागिला ,रामप्रसाद तिमिल्सिना ,रिजन चेयर पर्सन नवराज भण्डारी ,जोन चियर पर्सन रेखा पोखरेल लगाएतको उपस्थिति रहेको थियो ।


लायन्स क्लव डिस्ट्रिक्ट  ३२५ एम ले आफ्नो प्रथम कन्भेन्सन्न यहि चैत्र २५ गते पोखरामा गर्दै छ ।


 

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्